पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष मल्लले जिते कोरोना

 

पर्वत,कार्तिक ८/पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण मल्ल कोरोना मुक्त हुनुभएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा बिहीवार दोस्रो पटक गरिएको पिसआर परिक्षणमा उहाँको कोरोना रिपोर्ट नेगेटिभ देखिएको हो । उहाँलाई गत असोज २७ गते पिसिआर परिक्षणको क्रममा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि टाउको दुख्ने, ज्वरो आउने, छाती दुख्ने लगायतका समस्या भएपछि उहाँको पोखराको चरक हस्पिटलमा उपचार भएको थियो ।

दोस्रो पटकको पिसिआर परिक्षण नेगेटिभ आएलगत्तै अस्पतालवाट डिस्चार्ज भएर घर फर्किएको अध्यक्ष मल्लले बताउनुभयो ।
उहाँले कोरोना रोग जटिल प्रकारको रोग भएको अनुभव सुनाउनुभयो । यो अधिकांस नागरिकका लागि जटिल समस्या निम्त्याउने रोग रहेछ, उहाँले भन्नुभयो -‘रोग लागेपछि निको हुन्छ र अस्पताल वाट फर्कौला भन्दा पनि हामीले रोग लाग्नै नदिनेगरी सचेत हुनुपर्ने रहेछ भन्ने मेरो अनुभव रह्यो’ मल्लले भन्नुभयो । उहाँले राज्यले पिसिआरको दायर वढाएर सवै नागरिकहरुको पहूँचसम्म पुर्‍याउन जरुरी रहेको बताउनुभयो ।

मल्लले आफुलाई शुरुका केहि दिन अप्ठ्यारो महसुस भएपनि सामान्य औषधीको प्रयोगवाटनै निको भएको बताउँदै कुनै स्वास्थ्य समस्या देखिने वित्तिकै पिसिआर परिक्षण गर्न र सकेसम्म घरायसी जडिबुटी र औषधी प्रयोगमा जोड समेत दिनुभएको छ ।

अध्यक्ष मल्लले १० दिनमा कोरोना जित्नुभएको हो । उहाँलाई कोरोना पोजेटिभ देखिएपछि जलजला गाउँपालिका र महाशीला गाउँपालिकामा गरिएको कन्ट्रायाक ट्रेसिङमा थप १९ जनामा संक्रमण पुष्टि भएको थियो । जलजलामा १६ जना महाशीलामा ३ जनामा संक्रमण देखिएको थियो ।

 

http://newsdabali.com/wp-content/uploads/2020/10/

Leave a Reply

Your email address will not be published. Required fields are marked *